दफा २२
अन्तरनिकाय तथ्याङ्क कार्य समूह गठन गर्न सक्ने
(१) परिषद्ले विषयगत तथ्याङ्क सङ्कलन विधि, तथ्याङ्कमा पहुँच तथा तथ्याङ्क व्यवस्थापनमा समन्वय र एकरूपता कायम गर्न आवश्यकता अनुसार अन्तरनिकाय तथ्याङ्क कार्य समूहहरू गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन गरिने अन्तरनिकाय तथ्याङ्क कार्य समूहको काम, कर्तव्य र अधिकार त्यस्तो कार्य समूह गठन गर्दाका बखत परिषद्ले तोके बमोजिम हुनेछ।